logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउनकाबीच जर्मनीमा चर्चहरु खुल्ने


अंकुरण खबर
1.599K
Shares

जर्मनीमा अब चर्चहरू खुल्ने भएका छन् । अधिकारीहरु र धार्मिक नेताहरुबीच धेरै हप्तादेखी जारी परामर्श पछि सर्तहरूको पालना गर्दै चर्च खुला गर्ने सहमति भएको छ।

दुवै पक्ष कोरोना संक्रमणको रोकथामका लागि सर्तहरु पालना गर्न सहमत भएका छन्। अब सीमित संख्यामा मानिसहरू प्रार्थनाको लागि चर्चहरूमा भेला हुन सक्ने छन् ।

मानिसहरूले कम्तिमा दुई मिटर ९छ फिट०को दूरी कायम राख्नु पर्नेछ। त्यहाँ चर्चमा गाउन भने प्रतिबन्ध लगाइनेछ । पादरीहरुले पनि मास्क लगाई प्रार्थना गर्नु पर्नेछ। यहूदीहरू र मुस्लिमहरूले पनि आफ्ना पवित्रस्थलमा सरसफाइमा विशेष ध्यान दिनेछन्।

सबै धर्मका पुजारीहरूले मार्चमा सरकारले लागू गरेकोे लकडाउनमा सरकारलाई सहयोग गरेका थिए। तर लकडाउनमा पसलहरु खोलिन थालेपछि उनीहरूले आफ्नो धार्मिक स्थल पनि खोल्न माग गरेका हुन।