logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रसियामा एकै दिन १० हजार जनामा कोरोना संक्रमण


अंकुरण खबर
2.99K
Shares

रसियामा एकैदिन १० हजार मानिसमा कोरोना भाइरस संक्रमणको पुस्टि भएको छ।

महामारीको सुरु भएपछि एकै पटक यति धेरै संख्यामा एकैपटक संक्रमित भेटिएको यो पहिलो पटक हो। मस्को शहर सबैभन्दा ठूलो प्रभावित बनेको छ। रसियामा ठुलो संख्यामा संक्रमित भेटिएपनि तुलनात्मक हिसाबले कम मानिसहरू कोरोना संक्रमणको कारण मरेका छन्।

कोरोनाबाट अहिलेसम्म १२ सय मानिसको मृत्यु भइसकेको छ। रुसका प्रधानमन्त्री मिखाई मिशस्तिनलाई बिहीबार कोरोना संक्रमित भएको पुस्टि भएको छ। उनको अस्पतालमा उपचार भइरहेको छ । रसियामा कोरोनाको परिक्षण दायरा व्यापक बनाइएको छ।

अहिलेसम्म मस्को शहरमा मात्रै ४० हजार भन्दा बढीको दैनिक परीक्षण भइरहेको छ। जोन हपकिन्स युनिभर्सिटीका विश्वभर कोरोनाबाट २ लाख ४० हजारको मृत्यु भएको छ ३३ लाख बढि मानिस संक्रमित छन्।