रुस कोरोना भाइरसको नयाँ केन्द्र बनेको छ । आइतबार मात्र रुसमा १० हजार ६३३ जनामा कोरोना संक्रमण भएको थियो।
सोमबार पनि सोही संख्यामा रुसमा कोरोना संक्रमित थपिएको सीएनएनले उल्लेख गरेको छ।
रुसमा सोमबार १० हजार ५८१ नयाँ संक्रमित भेटिएका हुन्। यससँगै रुसमा कोरोना संक्रमितको संख्या एक लाख ४५ हजार २६८ पुगेको छ । यीमध्ये १३ सय ५६ को मृत्यु भइसक्दा १८ हजार ९६ उपचारपछि स्वस्थ बनेका छन्।
गत अप्रिल १३ देखि रुसमा तिव्र रुपमा कोरोनाको संक्रमण बढीरहेको बताइएको छ। रुसको राजधानी मस्कोमा सबैभन्दा बढी कोरोना संक्रमित छन्।
हाल कोरोनाको उद्गमस्थल चीनमा भने कोरोनाको प्रभाव घट्दै गएको छ।
चीन, इटली, स्पेन, अमेरिका हुँदै पछिल्लो समय रुस कोरोना भाइरसले निकै ग्रस्त बनिरहेको छ । एजेन्सी