logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कम्बोडियामा हप्तौं यता भेटिएका छैनन् कोरोनाभाइरस संक्रमित


अंकुरण खबर
2.626K
Shares

दक्षिण पूर्वी एशियाली देश कम्बोडियामा पछिल्ला केही सातायता कोरोनाभाइरस संक्रमित भेटिएका छैनन् ।

सरकारी तथ्यांकअनुसार अब कम्बोडियामा एक जना पनि कोरोनाभाइरस संक्रमित नभेटिएको तीन साता भइसकेको छ ।

कम्बोडियामा कोरोनाभाइरस संक्रमणबाट ठिक हुनेको दर पनि राम्रो छ । त्यहाँ अहिलेसम्म एक जनाको पनि कोभिड १९ का कारण निधन भएको छ । यसअघि भेटिएका १ सय २२ जना संक्रमित सबै निको भइसकेका छन् ।

अर्कोतिर, कम्बोडियामा चाहिँ परीक्षण कम भएकाले यस्तो नतिजा आएको हुनसक्ने भन्दै सरकारको आलोचना पनि भएको छ । कम्बोडियाको पत्रिका फ्नोम पेन्ह पोस्टका अनुसार अहिलेसम्म कम्बोडियामा १२ हजार ३ सय ४ जनाको मात्र परीक्षण गरिएको छ । कम्बोडियामा करिब १ करोड ६० लाख मानिस बसोबास गर्छन् ।

कोरोनाभाइरस संक्रमित एक जना पनि नभए पनि कम्बोडियामा लकडाउन चाहिँ लगाइएको छ । एजेन्सी