logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानिस्तान हवाई आक्रमणमा १६ जनाको मृत्यु


अंकुरण खबर
4.186K
Shares

अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा मंगलबार सरकारी सैनिक हवाई आक्रमणमा तालिबानका एक जना प्रमुख कमान्डर सहित १५ जनाको मृत्यु भएको अफगान सेनाले जनाएको छ ।

उत्तरी कमान्डका सैनिक प्रवक्ता मोहम्मद हनिफ रेजाईले उक्त हवाई आक्रमणमा तालिबानका कमान्डर मुल्लाह याकुब पनि मारिएको बताए । तालिबान समूहको रेड युनिटका कमान्डर मुल्लाह याकुब सहितका तालिबानी लडाकूहरु भेला भएको सूचनाका आधारमा राति १ बजे हवाई कारबाही गरिएको पनि प्रवक्ता हनिफले जानकारी दिए ।

सैनिक प्रवक्ता हनिफले बाल्ख र छिमेकी जज्वान तथा फरयाब प्रान्तमा समेत निकै कुख्यात व्यक्तिका रुपमा चिनिएका याकुबको भौतिक उपस्थिति अब समाप्त भएको बताए । उक्त घटनाका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया दिएको छैन ।