logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, खुल्ला सीमाका कारण नेपाललाई चुनौती


अंकुरण खबर
1.248K
Shares

भारतमा कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या एकै दिनमा ह्वात्तै बढेको छ ।

भारतमा पछिल्लो २४ घन्टामा झण्डै चार हजार नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै करिब दुई सय जनाको संक्रमणबाट मृत्यु भएको छ ।

भारतको महाराष्ट्र र गुजरात सबैभन्दा बढि प्रभावित छन् । सरकारले छ साता लामो लकडाउन केही खुकुलो पारेकै समयमा संक्रमति बढेका हुन । भारतले चरणवद्ध रूपमा लकडाउन खुकुलो पार्दै पसल र व्यापार व्यवसाय खोल्न अनुमति दिएको छ । घर फर्किन चाहने प्रवासी कामदारलाई विशेष रेलको व्यवस्था गरेको छ ।

भारतभर अहिलेसम्म ४९ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । १ हजार ६ सय ९३ को मृत्यु भएको छ । भारतमा मार्च २४ तारिखदेखि लकडाउन गरिएको छ ।