logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्स बन्द गर्ने ट्रम्पको तयारी


अंकुरण खबर
1.313K
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्स बन्द गर्ने तयारी भएको बताएका छन् ।

एरिजोनाका रहेको मास्क उत्पादन कम्पनीको भ्रमणको क्रममा उनले कोरोना भाइरसको महामारी नियन्त्रण सम्बन्धी प्रयासको समन्वय गरिरहेको टास्क फोर्स एक साता भित्रै बन्द गर्ने तयारी गरिएको जानकारी दिएका हुन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकालाई पुरानै अवस्थामा फर्काएर आर्थिक गतिविधि सुरु गर्ने पनि बताए । उपराष्ट्रपति माइक पेन्स र टास्क फोर्सले राम्रो काम नगरेको भन्दै उनले अब नयाँ समूह बनाउने पनि उल्लेख गरेका छन् । पेन्स टास्क फोर्सका नेतृत्वकर्ता हुन् ।

व्यवसाय खुला गर्न हतारो गरेर ट्रम्पले अमेरिकीको जीवनमाथि खेलवाड गरेको आरोप विपक्षीले लगाउँदै आएका छन् । अमेरिकामा हाल दैनिक २० हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदै आएको छ ।

यस्तै दैनिक मृत्यु हुनेको संख्या पनि एक हजार भन्दा बढी छ । अमेरिकामा अहिलेसम्म १२ लाख तीन हजार पाँच सय भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ७१ हजार भन्दा बढीको कोभिड–१९ बाट मृत्यु भएको छ । एजेन्सी