मध्यपूर्वमा कोरोना भाइरसको प्रकोपको मुख्य केन्द्र बन्दै थियो इरान त्यतिबेला । तर इरानी एइरलाइन महानको जहाज भने निरन्तररुपमा विश्वभरी उडान भरिरहेको थियो ।
इराक र लेबनानमा देखिएको कोभिड-१९ को पहिलो संक्रमण इरानी एयरलाइन महानबाट नै आएको थियो । बीबीसी अरबी सेवाले महान् एयरलाइनको उडानको इतिहासलाई ट्रयाक गर्नुका साथै महान एयरलाइनका अधिकारीहरुसँग कुराकानी गरेको छ ।
देशका सम्पूर्ण एयरलाइनहरुको उडानमा प्रतिबन्ध लागू हुँदा पनि यो एयरलाइनले भने निरन्तर उडान भरिरह्यो र आफ्ना क्रु मेम्बर र अन्य यात्रुहरुको ज्यानलाई जोखिममा पारी नै रह्यो । विमानका कर्मचारीहरु पनि आफुहरुलाई पर्याप्त पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट नदिइएको बताउँछन् । यिनै विविध कारणले उक्त मध्यपूर्व क्षेत्रमा यो एयरलाइनले कोरोना भाइरसको संक्रमण फैलाउन ठूलो भूमिका खेलेको थियो ।
इरानको कोम, मध्यपूर्वमा शिया मुसलमानहरुको मूख्य धार्मिक स्थल हो । प्रत्येक वर्ष दशौं लाख तिर्थालुहरुले यो धार्मिक शहरको भ्रमण गर्छन् । मध्यपूर्व क्षेत्रमा पहिलोपटक यसै ठाउँमा कोरोना भाइरस मृत्यु भएको थियो ।
विश्व स्वास्थ संगठन पहिलेदेखि नै उक्त वैश्विक संकटलाई लिएर चिन्तित थियो ।
‘इरानमा बितेको दुई दिनमा १८ ओटा कोरोना भाइरसका मामिलाहरु देखिए । मलाई लाग्छ सायद चारओटा मृत्युको मामिला होला । यो चिन्ताजनक विषय हो,’ विश्व स्वास्थ संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रियेससले भने ।
यद्यपि, इरानी प्रशासनले त्यहाँ धार्मिक कार्यक्रमहरुमा प्रतिबन्ध लगाएन र राष्ट्रिय निर्वाचनलाई पनि निरन्तर अघि बढ्न रोक लगाएन । तर केही दिनमा नै इरान मध्यपूर्व क्षेत्रको कोरोना भाइरसको इपिसेन्टर बन्न पुग्यो ।
बीबीसीले ३१ डिसेम्बरदेखि आफ्नो अनुसन्धान सुरु गर्यो । त्यो दिन चीनले आधिकारिक रुपमा चीनसँगको सबै उडानहरु रद्द गरेको थियो ।
फ्लाइट ट्रयाकिङ डेटालाई विश्लेषण गरेर इरानको रिभोल्युसनरी गार्डसँग सम्बन्ध रहेको महान् एयरले कसरी कोरोना संक्रमणको प्रसारमा भूमिका खेल्यो त्यो कुरालाई उजागर गरेको छ ।
फ्लाइट डेटाले देखाए अनुसार ३१ जनावरीदेखि २० अप्रिलसम्म महान् एयर मात्र एउटा डाइरेक्ट फ्लाइट थियो इरान र चीनबीच जून बिना रोकावट निरन्तर चलिरह्यो ।
इरानमा यी फ्लाइटहरुलाई लिएर सार्वजनिक चिन्ता र आलोचनाहरु बढ्न थालेका थिए । तर त्यसको प्रतिक्रियामा महान एयरले चिनियाँ सोसल मिडिया वेबसाइट वाइबोमा आफ्ना विमानहरुको तस्विर पोस्ट गरद् त्यसमा सहयोग राहतहरु इरान ल्याइरहेको कुरा सार्वजनिक गर्यो ।
फ्लाइट ट्रयाकिङ डेटालाई विश्लेषण गर्दा ६ ओटा विमानहरु सहयोग भित्राउन प्रयोग भएका थिए भने अन्य चारओटा विमानहरु चीनमा रहेका इरानी नागरिकहरुको उद्धारका लागि खटाइएका थिए ।
५ फेब्रवरीमा यो फ्लाइटले अन्तिम उडान भर्यो । तर बीबीसीले त्यस मिती पछि पनि महान एयरलाइनले १५७ उडानहरु भरेको खुलासा गरेको छ । इरानले आफै इरानसँगको आफ्नो उडान प्रतिबन्धलाई उल्लंघन गर्न महान एयरलाइनलाई अनुमति दिएको थियो ।
फेब्रवरीको मध्यसम्म आइपुग्दा चीनमा कोरोना भाइरसको संकट शिखरमा पुगेको थियो । त्यसैबेला यो भाइरस इरानमा डरलाग्दो संख्यामा फैलिरहेको थियो ।
२४ फेब्रवरीमा इरानका उप स्वास्थमन्त्रीले एउटा प्रेस सम्मेलन आयोजना गरे । केही दिनपछि उनीमा पनि कोरोना संक्रमण देखियो । धार्मिक कार्यक्रमहरु निरन्तर आयोजना भइरहे लकडाउनको उपाय लागू गरिने कुनै तरखर नै देखिएन ।
इरानी अस्पतालहरुमा कोरोना महामारीका भिडियोहरु सामाजिक सञ्जालमा देखा पर्न थाले । एकै रातमा आठजनासम्मको मृत्युको खबर प्रकाशित हुन थाल्यो ।
फेब्रअरीको अन्त्यसम्म आइपुग्दा बीबीसीले देशभरीबाट २१० जनाको मृत्युको रिपोर्ट प्रकाशित गरिसकेको थियो । तर इरानको आधिकारिक तथ्यांक भने मात्र ३४ जनाको थियो ।
२७ फेब्रवरीमा एउटा इरानी समाचार पत्रिकाले एउटा खबर प्रकाशित गर्यो जसमा महान एयरलाइनका कर्मचारीहरु आफैले चीनबाट उडान भरेर देश फिर्ता आएपछि सेल्फ आइसोलेसनमा बस्न नपाएको र निरन्तर उडान भर्नु परेको गुनासो पोखेका थिए । यस्तो गतिविधिले कोरोना भाइरस फैलाउन मद्दत गर्ने उनीहरुमा डर थियो ।
ती कर्मचारीहरु इरान र चीनबीच मात्र उडान भरिरहेका थिएनन् । उनीहरु इरानबाट लेबनान, सिरिया र इराकमा पनि उडान भरिरहेका थिए । ती सबै मुलुकको इरानी रिभोल्युसनरी गार्डसँग बलियो सैन्य, आर्थिक तथा धार्मिक सम्बन्ध छ ।
यी फ्लाइटहरुको निरन्तर उडानले उक्त क्षेत्रभरी चिन्ताको माहोल सृजना गरेको थियो । उक्त क्षेत्रभरी चिन्ता व्यक्त हुन थालेका थिए ।
अन्तत यो डर पनि सही प्रमाणित भयो । लेबनानमा कोरोना भाइरसको पहिलो मामिला २१ फेब्रवरीमा देखा पर्यो । संक्रमित महिला इरानको धार्मिक शहर कोमबाट फर्किएकी तिर्थालु थिइन् । इरानमा पहिलो संक्रमणको मामिला २४ फेब्रवरीमा देखा पर्यो । संक्रमित एकजना विद्यार्थी थिए । उनको फेसबुक पोस्टबाट देखिन्थ्यो कि संक्रमण उचाईमा रहँदा उनी राजधानी तेहेरानमा थिए ।
फ्लाइङ डेटालाई विश्लेषण गरेर र इराक तथा लेबनानका श्रोतहरुसँग कुराकानी गरेर बीबीसी अरबिक सेवाले एउटा नयाँ कुरा खुलासा गर्यो । ती इरानी विद्यार्थीले १९ फेब्रवरीमा तेहेरानदखि नजाफको यात्रा फ्लाइट डब्ल्यु ५५०६२ मा गरेका थिए । यस्तै डब्ल्यु५११५२ फ्लाइटमा रहेकी लेबनानी महिला तेहेरानदेखि बेरुतको यात्रा थिइन । यी दुबै विमान महान एयरलाइनका विमान थिए ।
२६ फेब्रवरुमा ट्वीटरमा एउटा तस्वीर पोस्ट भयो जसमा महान् एयरको एउटा विमान इरानबाट बग्दादको विमानस्थलमा ल्याण्डिङ भएको देखियो । पाँचदेखि अघि नै इराकी सरकारले इरानसँगको सबै रुटिन उडानहरु रद्द गरेको थियो । तर फ्लाइट ट्रयाकिङ डेटाको अनुसार महान एयरले उक्त प्रतिबन्ध पछि पनि १५ ओटा उडान भर्ने अनुमति पाएको देखिन्छ ।
तर बीबीसीको प्रश्नमा इराकी प्रशासनले ती सबै नागरिक उद्धारका लागि इरानी नागरिक उड्यान प्राधिकरणबाट अनुमति प्राप्त उडानहरु भएको स्पष्टिकरण दियो । इराकले उडान निरन्तर भएको तर इरानी नागरिकलाई इराक प्रवेशमा प्रतिबन्ध लगाइएको बतायो । इरानबाट फर्किएका धेरै इराकी नागरिकहरुले इरानको धार्मिक स्थलहरु भ्रमण गरेका थिए । स्वास्थ अधिकारीहरुका अनुसार इराकमा भाइरस फैलिनुमा यी धार्मिक स्थलहरुको ठूलो हात थियो ।
महान एयरका भित्री सूत्रले बताए अनुसार त्यसबीच ५० भन्दा धेरै क्याबिन क्रुमा कोभिड १९ का लक्षणहरु देखिएका थिए । त्यस बावजूद पनि आफूहरुलाई पीपीइ सामग्रीहरु उपलब्ध नगराइएको ती स्रोतहरुले बीबीसीसँग बताए ।
एयरलाई इन्डस्ट्री बडी आइएटीएले तय गरेको स्ट्याण्डर्डबाट बीबीसीले एउटा नन डिस्क्लोजर एग्रीमेन्टको कपि प्राप्त गरेको छ । यी कपि सबै महान एयरका कर्मचारीहरुलाई दिइएको थियो । जसमा यो संकटको विषयमा सार्वजनिक वक्तव्य दिएको खण्डमा उनीहरुमाथि फौजदारी मुद्दा दायर गरिने धम्की दिइएको थियो ।
इरानसँग उडान प्रतिबन्ध लागू गरिएका अन्य मुलुकमा पनि महान एयरलाइनको उडानहरु सञ्चालन भइरहेका थिए ।
सिरियासँग आठ उडान, ३७ उडान दुबाइसँग, टर्कीसँग १९ उडान र विश्वका अन्य मुलुकमा १८ उडान भरिएको थियो । इरानसँगको प्रतिबन्धको बावजूद पनि यी मुलुकहरुले महान एयरलाई ल्याण्डिङको अनुमति दिएका थिए ।
१८ अप्रिलमा १३ सय महान एयरका कर्मचारीहरुले एउटा खुल्ला पत्रमा हस्ताक्षर गरे । जसमा एयरलाईनले संकटको व्यवस्थापन नगरेको आरोप लगाइएको थियो । आफूहरुले पीपीइको माग गर्दा पनि वेवास्ता गरिएको र बाहिर कुरा सार्वजनिक नगर्न व्यवस्थापनले धम्की दिएको पत्रमा उल्लेख थियो । आफ्नै एयरलाइनले देशभित्र संक्रमण भित्राएको पनि उनीहरुले पत्रमा स्वीकार गरेका थिए । त्यो समय देशका अन्य एयरलाइनले पनि उडान त भरिरहेको थियो तर महान एयर लाइनले जतिको भारी संख्यामा उडान सञ्चालन गरेको थिएन ।
बीबीसी अरबियाले इरानी रिभोल्युसनरी गार्डसँग प्रत्यक्ष सम्बन्ध रहेको कारण महान एयरले आफ्नो कार्तुत लुकाएको विश्लेषण गरेको छ ।
एयरलाइनका सीइओ हामिद अरबनेजाद तथा शिर्ष व्यवस्थापनलाई कर्मचारीहरुले सुरुवातमा नै खतराको चेतावनी दिएका थिए । तर कम्पनीले निरन्तर वेवास्ता गरिरह्यो र कोरोना प्रकोपको प्रसारमा सहयोग गरिरह्यो ।
बीबीसीले माहान एयरलाइन लगायत उक्त एयरलाइनका विमानलाई ल्याण्ड हुन अनुमति दिने सम्पूर्ण मुलुकहरुसँग जवाफ माग गरेको थियो तर इराक सरकारबाहेक सबैले जवाफ दिन अस्विकार गरेका छन् । बीबीसी