अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस महामारी नियन्त्रणका लागि गरेको प्रयास अपर्याप्त भएको भन्दै कडा आलोचना गरेका छन् ।
आफ्ना पूर्व कर्मचारी तथा सहयोगीहरुसँगको कन्फ्रेन्स कलको क्रममा ओबामाले यस्तो टिप्पणी गरेका हुन् ।
ट्रम्प प्रशासनले महामारीमा पनि आफ्नो ‘स्वार्थ’ अनुकुलको मुनाफा खोजेका कारण समस्या विकराल बनेको ओबामाको भनाइ छ ।
कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या १३ लाख नाघेको छ । यस्तै ७८ हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ । एजेन्सी