बलिउड अभिनेता अमिताभ बच्चन र आयुष्मान खुराना अभिनित चलचित्र ‘गुलाबो सिताबो’ डिजिटल प्लेटफर्ममा सार्वजनिक हुने भएको छ।
कारोना भाइरसका कारण लकडाउनले संसाभरका फिल्मी उद्योग मारमा परेका छन्। केहि महिनाको लागि लकडाउन गरिएको भएपनि फिल्मी क्षेत्रमा भने त्यसको दीर्घकालीन असर परेको छ। यहि चपेटामा ‘गुलाबो सिताबो’ पनि परेको हो।
यस फिल्ममा अमिताभ प्रकाशनाथ द्विवेदीको भूमिकामा देखिने छन् भने आयुष्मान सुनीलकुमार शुक्लाको भूमिकामा रहेका छन्। दुई कलाकारको सम्बन्ध भने डेरावाला र घरबेटीको रहेको छ। जसमा आम मासिसको समस्यालाई देखाउने प्रयास गरिएको जनाएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरु फिल्ममा हलमा रिलिज नहुँदा खुशी छैनन्।
फिल्म निर्माताहरुले डिजिटल प्लेटफर्ममा रिलिज गर्न अमेजनसँगको सम्झौता लगभग अन्तिम चरणमा पुगिसकेको जनाएका छन्। कलाकारहरुले भने कोरोना संक्रमण सामान्य भएपछि नै फिल्म हलमा प्रर्दशन होस् भन्ने अपेक्षा राखेको बताइएको छ।
https://youtu.be/JEkeAOfAPvQ