मलेसियामा जारी लकडाउन चार हप्ताका लागि थप गरिएको छ ।
कोरोना भाइरसको जोखिम कम गर्न लगाइएको लकडाउनको अवधि थप चार हप्ताका लागि थपिएको मलेसियाली प्रधानमन्त्री तान सिर मुहाइदिन याशिनले जानकारी दिए।
यसअघि मे १२ सम्मका लागि तोकिएको लकडाउन चार हप्ता थप गरी जुन ९ सम्म पुर्याइएको बताइएको छ । मलेसियामा गत मार्च १८ देखि लकडाउन घोषणा गरिएको छ भने मे ४ देखि केही खुकुलो भएको बताइएको छ ।
मलेसियामा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ६ हजार नाघेको छ ।