logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

छोराले बिरामी आमालाई जिउँदै चिहानमा गाडिदिए, ३ दिनपछि जिवितै उद्धार


अंकुरण खबर
3.081K
Shares

आफ्नै बिरामी आमालाई जिउँदै गाडिदिने एक छोरालाई प्रहरीले पक्राउ गरेको छ भने ३ दिनपछि ती आमालाई पनि जिवितै उद्धार गरिएको छ।

यो घटना उत्तरी चीनको शांक्सी प्रान्तको जिंगबियान काउन्टीको हो। त्यहाँका एक छोराले प्यारालाइसिस पीडित आफ्नी आमालाई चिहानमा जिउँदै गाडिदिएका थिए । यद्यपी ती महिलालाई ३ दिनपछि जीवितै उद्धार गरिएको छ। प्रहरीले आरोपी छोराविरुद्ध हत्या प्रयासको मुद्दा दर्ता गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

आरोपीकी पत्नीका अनुसार उनका पतिले २ मेका दिन आमालाई ह्वीलचेयरमा लिएर घरबाट निस्केका थिए। तीन दिनसम्म आमा नफर्किएपछि प्रहरीलाई खबर गरिएको थियो।

पुलिसले ५८ वर्षका आरोपीको पहिचान खुलाएको छैन। बचाउने व्यक्तिहरुका अनुसार चिहानबाट निकालेपछि पनि आमाले बचाउनका लागि गुहार मागिरहेकी थिइन् ।

चाइना डेलीका अनुसार आरोपीकी ७९ वर्षीया आमा आंशिक रुपमा प्यारालाइसिसबाट पीडित छिन् । उनको सेवा गर्दा गर्दा छोरालाई दिक्क लागेको बताइएको छ। यही कारण छोराले यस्तो अमानवीय र डरलाग्दो कदम उठाएका थिए।