logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युरोपमा कोरोना संक्रमितको संख्या १५ लाख नाघ्यो


अंकुरण खबर
806
Shares

युरोपमा कोरोना भाइरसका संक्रमितको संख्या १५ लाख नाघेको छ । यो संख्या अमेरिकामा भन्दा धेरै हो ।

अमेरिकामा १३ लाखभन्दा धेरै संक्रमित छन् भने युरोपमा १३ लाखभन्दा धेरै संक्रमित रहेको बीबीसीले जनाएको छ । कोरोना भाइरसको सबैभन्दा धेरै नयाँ संक्रमित स्पेनमा देखिएका छन् । सबैभन्दा धेरै बेलायतमा मृत्यु भएको छ ।

स्पेनमा २ लाख २४ हजार ३५०, बेलायतमा २ लाख २० हजार ४४९, इटलीमा २ लाख १९ हजार ७०, रुसमा २ लाख ९ हजार ६८८, फ्रान्समा १ लाख ७७ हजार ९४, जर्मनीमा १ लाख ७१ हजार ८७९, बेल्जियममा ५३ हजार ८१, नेदरल्यान्डमा ४२ हजार ८२६ मा कोरोना संक्रमण देखिएको छ ।

स्पेनमा २६ हजार ६२१, बेलायतमा ३१ हजार ९३०, इटलीमा ३० हजार ५६०, रुसमा १ हजार ९१५, फ्रान्समा २६ हजार ३८३, जर्मनीमा ७ हजार ५६९, बेल्जियममा ८ हजार ६५६, नेदरल्यान्डमा कोरोनाका कारण ५ हजार ४५९ को मृत्यु भइसकेको छ ।