logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानिस्तानमा चारवटा बम विस्फोट


अंकुरण खबर
780
Shares

अफगानिस्तानको राजधानी काबुलको ताहिया मास्कान क्षेत्रमा सोमबार बिहान चारवटा बम विस्फोट भएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

सुरक्षा स्रोतले उक्त विस्फोटका कारण जनधनको क्षति भएको बारेमा जानकारी प्राप्त नभएको बताएको छ । राष्ट्रिय सुरक्षा महानिर्देशनालय ९एनडिएस० र सरकारी सवारी साधनहरुलाई लक्षित गरी उक्त विस्फोट गराइएको प्रहरीले जनाएको छ ।

आइतबार राति पनि काबुल नजिकका काहाराही कम्बारी र हूटखिलमा पनि तीन वटा विस्फोट गराइएका थिए। गएरातिदेखि काबुल शहरलाई लक्षित गरी सात वटा विस्फोटका घटना भइसकेका छन् ।

अफगानिस्तानको मुख्य विद्रोही तालिबान समूह समेतका कुनै पनि समूहले ती विस्फोटहरुको जिम्मेवारी लिएका छैनन्।