logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

न्यूजिल्याण्डमा भेटिएनन् नयाँ संक्रमित


अंकुरण खबर
1.001K
Shares

न्यूजिल्याण्डमा सोमबार कोरोनाभाइरसका कोही पनि नयाँ संक्रमित भेटिएनन् ।

त्यहाँ कूल १४ सय ९७ संक्रमित भेटिएका छन् र यीमध्ये १५ प्रतिशत निको भइसकेका छन् ।

न्यूजिल्याण्डमा कोरोनाका कारण २१ जनाको ज्यान गएको छ र यो आँकडामा वृद्धि भएको छैन । त्यहाँ दुई जना अस्पतालमा छन् भने कोही पनि बिरामी आइसीयूमा छैनन् ।

प्रधानमन्त्री जसिन्डा आर्डर्नले लकडाउनमा दिइएको राहत बढाउने निर्णय गरेकी छिन् । यस्तै, किराना पसल, सिनेमा घर, खेल मैदान र जिम खोलिँदैछन् ।

यद्यपि, सामाजिक दुरीको नियम पहिले झैं लागू हुनेछन् । १८ मे देखि सामान्य रुपमा विद्यालय खोलिनेछन् जबकी २१ मे पछि बार खोलिने योजना छ । बीबीसी