logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वुहानमा फेरि महामारीको त्रास


अंकुरण खबर
780
Shares

कोभिड–१९ फैलिएको चीनको वुहान शहरमा फेरि महामारीको त्रास बढेको छ । मंगलबार पनि एक नयाँ संक्रमित देखिएको छ ।

यो साता मात्रै ६ जना नयाँ संक्रमित देखिएको वुहानमा फेरि उच्च सतर्कता अपनाइएको छ । वुहानमा बाहिरबाट आएका १७ जनामा संक्रमण देखिएको थियो । तर, अहिले तिनीहरुबाटै अन्यमा पनि संक्रमण देखिएको छ ।

संक्रमित देखिए सँगै वुहानमा दश दिनभित्र परीक्षण गराउन निर्देशन दिइएको छ । महामारी फैलिएको चीनले लगभग नियन्त्रण गरिसकेको थियो । ८२ हजार ९१९ जनामा संक्रमण देखिएको चीनमा अहिले दश जना बाहेक सवै बिरामी खतरामुक्त बनेका छन् ।

४ हजार ६ सयको मृत्यु भएको चीनले आफूलाई खतराबाट मुक्त गरिसकेको थियो । तर, फेरि महामारीको त्रास बढेको छ ।