logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थाईल्याण्डले छिमेकी देशबाट स्वदेश फिर्ता भएका १० हजार थाई नागरिक क्वारेन्टाइनमा


अंकुरण खबर
1.859K
Shares

थाईल्याण्डले छिमेकी देशहरुबाट फर्केका करिब १० हजार नागरिकलाई तत्काल क्वारेन्टाइनमा राखेको छ ।

थाईल्याण्डका सीमा क्षेत्रहरुमा गत अप्रिल १८ देखि अड्किएका १० हजार २९८ व्यक्ति फर्किएका सरकारी अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् ।

कामको शिलशिलामा छिमेकी देश पुगेका र हाल कोभिड–१९ को कारण स्वदेश फर्केका ती थाई नागरिकलाई १४ दिनको लागि क्वारेन्टाइनमा राखिएको हो । स्वदेश फर्किएका ती नागरिकहरुमा मलेसियाबाट ८ हजार ९१२, म्यानमारबाट ६९१, लाओसबाट ३९९ क्याम्बोडियाबाट २९६ जना रहेका छन् ।

गत महिनाको शुरुमा थाईल्याण्डको सीमा क्षेत्रमा नरहेका देशहरुबाट पनि ६ हजार ७०० थाई नागरिक स्वदेश फर्किएका छन् । यी सवैलाई पनि १४ दिनको क्वारेन्टाइनमा राखिएको थियो ।

थाईल्याण्डका कोरोना भाइरसको कारण ३ हजार १७ जनामा संक्रमित रहेका छन् । यस प्रकोपका कारण त्यहाँ हालसम्म ५६ मृत्यु भएको छ, भने २ हजार ७९८ निको भएर फर्किएका छन् । रासस