logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्पेनमा एक ११३ वर्षकी वृद्धा कोरोना भाइरस संक्रमणबाट मुक्त


अंकुरण खबर
1.43K
Shares

स्पेनमा एक ११३ वर्षकी वृद्धा कोरोना भाइरसबाट संक्रमणबाट मुक्त भएकी छन् ।

कोरोनामाथि जित हात पार्ने उनी स्पेनकै सबैभन्दा वृद्धा महिला हुन् । मार्च महिनामा मारिया ब्रायनीयास कोरोना भाइरसबाट संक्रमित भएकी थिइन् ।

तर, केही हप्ताको आइसोलेशनपछि उनी ठीक भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

उनले सन् १९१८ १९१९ को फ्लु महामारी भागेको अनुभव समेत रहेको छ । त्यस्तै उनले १९३६ १९३९ को स्पेनमा भएको गृहयुद्ध पनि देखेको मिडिया रिपोर्टमा उल्लेख छ । हाल आएर उनले कोरोना भाइरसको महामारी पनि अनुभव गरेकी छन् ।

हाल उनको अवस्था सामान्य रहेको बताइएको छ । उनी बोल्न चाहेको, आफ्ना कुराहरु भन्न चाहेको उनको छोरीले बताएकी छन् ।