logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हङकङमा तीन सातापछि देखियो कोरोना संक्रमण


अंकुरण खबर
988
Shares

हङकङमा तीन सातापछि नोभेल कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरुलाई स्थानीय रुपमा संक्रमण भएको जनाइएको छ ।

अधिकारीहरुले उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गरिरहेको बताइएको छ । हङकङले चीनमा कोरोना संक्रमण देखिएलगत्तै आयातित केसहरुको उपचार र क्‍वारेन्टाइनमा राख्‍ने काम गरेको थियो ।

विगत तीन सातादेखि हङकङमा कोरोना संक्रमणको अवस्था शून्यमा रहेको भए पनि बुधबार भने दुईजना संक्रमित फेला परेपछि हङकङबासी त्रसित बनेका छन् । हङकङ अधिकारीका अनुसार ६६ वर्षीया महिला र उनकी पाँच वर्षीया नातिनीमा कोरोना देखिएको हो ।

गत साता हङकङका कार्यकरी क्‍यारी लामले बार, जिम र सिनेमा र रेस्टुरेन्टहरु खोल्ने घोषणा गरेको थियो । केही विद्यालयहरुसमेत खुला गरिएका थिए । हङकङमा हालसम्म कोरोना संक्रमितको संख्या एक हजार ५१ पुगेको छ भने चार जनाको मृत्यु भएको छ । हालसम्म केही दर्जनको उपचारपछि निको भएको जनाइएको छ । अलजजिरा