logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकी राष्‍ट्रपति ट्रम्पले विदेश मन्त्रालयका महानिर्देशकलाई पदबाट हटाए


अंकुरण खबर
1.261K
Shares

अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पले विदेश मन्त्रालयका महानिर्देशक स्टिभ लिनिकलाई पदबाट बर्खास्त गरेका छन् ।

हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीलाई शनिबार (हिजो राति) पठाएको पत्रमा आफूलाई महानिर्देशक लिनिकप्रति भरोसा नरहेकोले हटाएको ट्रम्पले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हाउस अफ रिप्रिजेन्टेटिभको विदेश मामिला समितिले महानिर्देशक लिनिकलाई विदेश मन्त्री माइक पम्पियोविरुद्ध छानविन थाल्न निर्देशन दिएको केही समय नबित्दै उनलाई ट्रम्पले हटाएका हुन् ।

एनएनका अनुसार त्यसको कारणप्रति भने ती अधिकारीले अनविज्ञता प्रकट गरेको अन्तराष्र्टिय सञ्चारमाध्मले जनाएका छन् । एजेन्सी