logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इजरायलमा चीनका राजदुत घरमै मृत भेटिए


अंकुरण खबर
871
Shares

इजरायलका लागि चिनियाँ राजदुत मृत अवस्थामा फेला परेका छन् ।

५८ वर्षका राजदूत डु वे आइतबार तेल अभिभ शहरमा आफ्नै अपार्टमेन्टमा मृत अवस्थामा फेला परेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

गत फेब्रुअरीमा मात्र इजरायलका लागि चिनियाँ राजदूत बनेका उनी परिवारसँग भने थिएनन्। चीनमा कोरोनाको महामारी चल्दै गर्दा उनी इजरायल गएका थिए ।

इजरायलमा उनी १४ दिन क्वारेन्टाइमा समेत बसेका थिए। उनको मृत्युबारे अनुसन्धान भइरहेको छ ।