logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महाराष्ट्रमा ३१ मेसम्म बढ्यो लकडाउन


अंकुरण खबर
1.339K
Shares

महाराष्ट्रमा ३१ मेसम्म लकडाउन बढाइएको छ । महाराष्ट्र सरकारले राज्यमा कोरोना संक्रमणको गम्भीर अवस्था देखिएको भन्दै ३१ मेसम्म लकडाउन बढाउने घोषणा गरेको हो ।

केन्द्र सरकारले घोषणा गरेको लकडाउनको अवधि आइतबार सकिँदै छ । प्रधानमन्त्री नरेन्द्र मोदीले लकडान जारी रहने बताए पनि कहिलेसम्म जारी रहन्छ भन्‍ने बताएका छैनन् ।

भारतमा सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्र बनेको छ । हालसम्म महाराष्ट्रमा ३० हजार ७०६ जना संक्रमित रहेका छन् भने एक हजार १३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतमा भने कोरोना संक्रमितको संख्या ९० हजार ९२७ रहेको छ भने मृत्यु हुनेको संख्या दुई हजार ८७२ पुगेको छ । हालसम्म भारतमा ३४ हजार १०९ जना संक्रमितको उपचारपछि निको भएको छ । बीबीसी