फिलिपिन्समा पछिल्लो समय कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ ।
पछिल्लो २४ घण्टामा फिलिपिन्समा २०८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् भने ७ कोरोना संक्रमितको मृत्यु भएको छ ।
दक्षिण पूर्वी मुलुक फिलपिन्समा कुल कोरोना संक्रमितको संख्य १२ हजार ५१३ पुगेको छ । यहाँ सबैभन्दा धेरै राजधानी मनिला प्रभावित भएको छ ।
कोरना प्रकोप सुरु भएदेखि यता फिलिपिन्समा कोरोना संक्रमणका कारण ८२४ जनाको मृत्यु भएको छ ।
हालसम्म दुई हजार ६३५ जनाको उपचारपछि निको भएर घर पठाएको फिलिपिन्सको स्वास्थ्य सेवा विभागले जारी गरेको सूचनामा भनिएको छ । अलजजिरा