अफगानी सुरक्षा फौजसँगको भिडन्तमा परी ६ तालिबानी आतंककारीको मृत्यु भएको छ ।
अफगानिस्तानको पूर्वी क्षेत्रको पकटिया प्रान्तमा सोमबार भएको भिडन्तमा छ तालिबानी मारिएको बताइएको छ ।
अफगानी सेनालाई उदृत गर्दै स्पुतनिकमा लेखिएको छ, पाकिस्तानीसहित ६ तालिबानी आतंककारी मारिएका छन् । अन्य दुईजना घाइते भएका छन् ।
उक्त भिडन्तमा दुई अफगानी सेनासमेत घाइते भएको बताइएको छ ।
त्यसैगरी पश्चिमी क्षेत्रको फराह प्रान्तमा आफैंले राखेको बम विस्फोट हुँदा ५ तालिबानी मारिएका छन् । एएनआई