logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनमा भूकम्प जाँदा ४ को मृत्यु, २४ घाइते


अंकुरण खबर
1.287K
Shares

चीनको दक्षिण पश्चिम क्षेत्रस्थित किआओजिआमा भूकम्प जाँदा चार जनाको मृत्यु भएको छ । अरु २४ जना घाइते छन् ।

स्थानीय अधिकारीहरुका अनुसार मंगलबार ५ म्याग्निच्युडको भूकम्प गएको हो । चिनियाँ मिडियाका अनुसार ६० लाख मानिसको बसोबास भएको झाओतोंग सहर नजिकै भूकम्प गएको हो ।

घटनास्थलमा अहिले कम्तिमा ६ सय उद्धारकर्मीहरु खटाइएका छन् ।

गत वर्ष सिचुआन प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प जाँदा १३ को मृत्यु भएको थियो । २ सय घाइते भएका थिए । साथै ठूलो संख्यामा भौतिक संरचनाको क्षति भएको थियो ।