logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा २४ घण्टामा ५६११ जनामा कोरोना संक्रमण, १४० को मृत्यु


अंकुरण खबर
910
Shares

भारतमा पछिल्लो २४ घण्टामा ५,६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १४० जनाको मृत्यु भएको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित भएका हुन्। योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ लाख ६ हजार ७५० पुगेको हो।

२४ घण्टामा १४० जनाको कोरोनाबाट मृत्यु भएको छ। योसँगै मर्नेको संख्या ३,३०३ पुगेको छ।

मन्त्रालयका अनुसार ४२ हजार बिरामी निको भएका छन्। कोरोनाका सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा रहेका छन्।  एजेन्सी