भारतमा लकडाउनकै बीच कक्षा १० र १२ को परीक्षा हुने भएको छ। भारतको गृह मन्त्रालयले बुधवार कक्षा १० र १२ को परीक्षा गर्ने निर्णय गरेको हो।
गृहमन्त्री अमित शाहले कक्षा १० र १२ को परीक्षाका लागि सीबीएसई, आईसीएसईसमेत सबै राज्यका शिक्षा बोर्डलाई केही निश्चित शर्तसहित लकडाउनमा छुट दिने निर्णय गरेको जानकारी दिएका छन्।
गृहसचिव अजय भल्लाले जारी गरेको विज्ञप्तिलाई ट्वीटरमार्फत सार्वजनिक गर्दै मन्त्री शाहले यो जानकारी दिएका हुन्। विज्ञप्तिमा परीक्षासँग जोडिएका शिक्षक, कर्मचारी र विद्यार्थीले मास्क लगाउनुपर्ने, परीक्षा केन्द्रमा स्क्रीनिंग र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने भनिएको छ। साथै सामाजिक दुरी कायम गर्न पनि भनिएको छ।