logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित


अंकुरण खबर
871
Shares

ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् ।

बुधबार एकै दिन ब्राजिलमा १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो । यो संँगै त्यहा संक्रमितको संख्या दुई लाख ९३ हजार नाघेको छ ।

ब्राजिल विश्वमा सबैभन्दा धेरै संक्रमित हुने तेस्रो स्थानमा छ । भाइरसका कारण एकैदिन ८ सय ८८ जनाको मृत्यु भएसँगै मृतकको संख्या १८ हजार ८ सय नाघेको छ ।

संक्रमण बढदै गएपछि राष्ट्रपति जायर बोल्सोनारोले मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरसको उपचारमा प्रयोग गर्न सुझाएका छन् ।

संक्रमितहरुको संख्या तीव्र गतिमा थपिँदै गएपछि ब्राजिलको स्वास्थ्य सेवा ठूलो दबाबमा परेको छ । क्षमता भन्दा धेरै सेवाको माग भएका कारण समस्या भएको र केही दिनमै स्वास्थ्य सेवा कोल्याप्स हुन सक्ने चेतावनी विज्ञले दिएका छन् । एजेन्सी