logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा अम्फान चक्रवातका कारण १२ जनाको मृत्यु


अंकुरण खबर
3.783K
Shares

बंगालको खाडीबाट जमीनतिर बुधवार आएको अम्फान चक्रवातका कारण १२ जनाको मृत्यु भएको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बताएकी छन् ।

यस शक्तिशाली चक्रवातले हजारौं घर नष्ट गरेको छ । अधिकारीहरूलाई कोरोनाभाइरस महाव्याधिको मध्यमा राहतका प्रयास थाल्न संघर्ष गर्नु परिरहेको छ ।

अम्फान चक्रवात १८५ किलोमिटर प्रतिघन्टाको अधिकतम गतिका साथ अघि बढिरहेको छ ।

अम्फानका कारण पश्चिम बंगालले एक लाख करोड भारुभन्दा बढीको नोक्सानी बेहोर्नुपर्ने ममता बनर्जीको भनाइ छ । पाँच लाखभन्दा बढी मानिस बंगालमा आश्रयस्थलमा बसेका छन् भने उडिसामा एक लाखभन्दा बढी मानिस शिविरमा बसेका छन् । एजेन्सी