logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा एकै दिन ६ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


अंकुरण खबर
884
Shares

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख १८ हजार नाघेको छ ।

एकै दिन थप ६ हजार १९८ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख १८ हजार २२६ पुगेको हो । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ५८४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप १५० जनाको मृत्यु भएको छ । कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।