logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

मुम्बईको एउटै अस्पतालमा सयभन्दा बढी कोरोना संक्रमितले स्वस्थ शिशु जन्माए


अंकुरण खबर
910
Shares

भारतको मुम्बईस्थित लोकमान्य तिलक म्युनिसिपल जनरल अस्पतालमा कोरोना भाइरसबाट संक्रमित एक सयभन्दा बढी महिलाले स्वस्थ बच्चा जन्माएका छन्।

अस्पतालमा जन्मिएका ११५ शिशुमध्ये तीन जनाको मात्र सुरुवाती कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। तर, उनीहरुको पनि पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ।

दुई जना संक्रमित गर्भवतीको भने सुत्केरी हुनुअघि नै मृत्यु भएको थियो। मुम्बईमा हालम्म २४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८४० को मृत्यु भइसकेको छ।

संक्रमित महिलामध्ये आधाभन्दा बढीको अपरेशन गरेर बच्चा निकालिएको थियो। ती गर्भवतीहरुलाई घरमा, बाहिर या अस्पतालको वार्डमा कहाँ कोरोना संक्रमण भयो भन्ने यकिन हुन सकेको छैन।

अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा। अरूण नायक भन्छन्, ‘धेरैजसो महिलामा कोरोनाको लक्षण थिएन। पछि केहीमा लक्षण देखिएको थियो तर उनीहरु पनि ठिक भएर घर गइसके। उनीहरु धेरै चिन्तित थिए आफू र आफ्नो बच्चाको बारेमा। सुत्केरी भएपछि सबैलाई एक साता विशेष वार्डमा राखियो र हाइड्रोक्सीक्लोरोक्वीन दिइयो।’

नवजात शिशुलाई पनि आमासँग अलग राखिएको थिएन। उनीहरुले मास्क लगाएर बच्चालाई दूध खुवाएका थिए।

बीबीसी