logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलिउड अभिनेता किरण कुमारलाई कोरोना संक्रमण


अंकुरण खबर
767
Shares

बलिउड अभिनेता किरण कुमारलाई कोरोना भाइरस संक्रमण देखिएको छ।

वरिष्ठ कलाकार किरण पछिल्लो १० दिनदेखि आफ्नै घरमा क्वारेन्टाइमा बसिरहेका थिए। कोरोना परीक्षणको क्रममा पोजिटिभ देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

आफूलाई कोरोनाका कुनै लक्षण नदेखिएपनि परीक्षणको क्रममा पोजिटिभ देखिएको उनले बताए। “म एकदमै राम्रो थिएँ। मलाई कुनै प्रकारको रुघाखोकी, ज्वरो, स्वास प्रश्वासमा समस्या केही पनि थिएन। त्यहीपनि मैले कोरोना परीक्षण गराएको थिएँ, रिपोर्ट पोजिटिभ आयो”, उनले भनेका छन्।

यतिबेला उनी आफ्नै घरमा छन्। भोलि या पर्सि फेरि चेकअप गराउनुपर्ने छ। उनले तेजाब, खुदा गवाह जस्ता हिन्दी चलचित्रहरूमा ‘भिलेन’को भूमिका निभाएका थिए।

उनी हिन्दी चलचित्रका चर्चित दिवंगत कलाकार जीवन कुमारका छोरा हुन्। उनले १०० भन्दा बढी चलचित्रमा काम गरेका छन् भने भोजपुरी तथा गुजराती टेलिभिजन कार्यक्रममा पनि देखिँदै आएका छन्।

किरणभन्दा पहिला पनि बलिउडका अन्य नायक(नायिकामा कोरोना संक्रमण देखिएको थियो।