विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसका बिरामीका लागि जारी गरेको हाइड्रोक्सिक्लोरोक्विन तथा क्लोरोक्विनको क्लिनिकल ट्रायलमा रोक लगाएको छ।
डब्लुएचओका निर्देशक डा. टेड्रोस एaडहनम गिब्रियेसुसले उक्त औषधिको सुरक्षित प्रयोगबारे डेटा सेफ्टी मनिटरिङ बोर्डले अध्ययन गर्ने बताएका छन्। साथै यस औषधिको विश्वभर भइरहेको प्रयोगको बारेमा पनि व्यापक विश्लेषण गर्ने उनले बताएका छन्।
सामान्यतया हाइड्रोक्सिक्लोरोक्विन तथा क्लोरोक्विनको प्रयोग मलेरिया तथा लुपस जस्ता अटोइम्युन बिरामीका लागि प्रयोग गरिन्छ। यी औषधि कोरोनाका बिरामीलाई दिइन थालेपछि विज्ञहरुले चिन्ता व्यक्त गरेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त औषधि प्रयोगका लागि लगातार प्रोत्साहित गरिरहेका छन्। उनी आफैंले समेत सो औषधि सेवन गरेको बताएका थिए। एजेन्सी