logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकाको शिकागोमा गोलीकाण्ड, १० जनाको मृत्यु


अंकुरण खबर
793
Shares

अमेरिकाको शिकागोमा आइतवार अबेर राति भएको गोलीकाण्डमा १० जना मानिसको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन् ।

उक्त राज्यमा लकडाउन लगाइएको भए पनि यस्तो घटना हुन गएको हो । एंगलवूड क्षेत्रमा ठूलो समूह भेला भएको भिडियो सार्वजनिक भएको छ । गोली चलेको आवाज सुनेपछि थुप्रै प्रहरीहरू त्यहाँ पुगेका थिए । दुई अधिकारीहरूलाई चोटपटक लागेको थियो ।

दुईजनालाई पक्राउ गरिएको छ ।

मेमोरियल डे वीकेन्डमा पोहोर साल पनि गोलीकाण्ड हुँदा सातजनाको मृत्यु भएको थियो । प्रहरीले यस्तो किसिमको हिंसा हुने आकलन गर्दै थप गश्ती गरेको भए पनि दुःखद घटना हुन पुग्यो ।

सोमवार बिहान सखारै एक महिलालाई वेस्ट पुलम्यानमा उभिरहेको बेलामा गोडामा गोली लागेको थियो । उनको अवस्था सामान्य रहेको बताइएको छ ।

एक पुरुषलाई चाहिँ अनुहार, छाती र पेटमा गोली लागेपछि गम्भीर अवस्थामा रहेको बताइएको छ । सोमवार बिहान १ बजे एक अज्ञात चालकसँग विवाद भएपछि ती युवकमाथि गोली प्रहार गरिएको थियो । एजेन्सी