logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुसमा कोरोनाबाट एकैदिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च


अंकुरण खबर
1.404K
Shares

रुसमा कोरोना भाइरस (कोभिड-१९) बाट एकैदिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च बनेको छ ।

रुसले मंगलबार दिएको आधिकारिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७४ पुगेको हो । यससँगै रुसमका कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार ८०७ पुगेको छ ।

त्यस्तै रुसमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका आठ हजार ९१५ नयाँ संक्रमित फेला परेका छन् । यससँगै रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन लाख ६२ हजार ३४२ पुगेको छ । संक्रमित संख्याको हिसाबमा रुस अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । रोयटस