logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्राइम पेट्रोलकी चर्चित कलाकार प्रेक्षाद्वारा आत्महत्या


अंकुरण खबर
897
Shares

टेलिभिजन कलाकार प्रेक्षा मेहताले सोमबार राती आफ्नै घरमा आत्महत्या गरेकी छिन्।

क्राइम पेट्रोलमार्फत् चर्चामा आएकी प्रेक्षा मंगलबार बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेको पारिवारीक स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

२५ वर्षीया प्रेक्षालाई परिवारले अस्पताल पुर्याए पनि डाक्टरले उनलाई मृत घोषित गरेको थियो।

प्रेक्षा लकडाउन अघि मुम्बईबाट इन्दोर गएकी थिइन् र उनी पछिल्लो समय लकडाउनका कारण गुमेको कामका कारण डिप्रेशनमा भएको अनुमान गरिन्छ। प्रहरीका अनुसार प्रेक्षाले सुसाइड नोट पनि छोडेर गएकी छिन्।

प्रेक्षाको इन्स्टाग्राम अकाउन्टमा शेयर गरेको अन्तिम मेसेजले उनी मानसिक रुपमा विचलित भएको देखाउँछ। ‘सबैभन्दा खराब त सपना मर्दा महसुस हुन्छ’, उनले इन्स्टाग्राम स्टोरीमा लेखेकी छिन्।