logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थाइल्यान्डमा बन्दूकधारीले अन्धाधुन्ध गोली चलाउँदा ३ जनाको मृत्यु


अंकुरण खबर
741
Shares

थाइल्यान्डको सरकारी रेडियो एनबीटीको स्टेसनमा एक बन्दूकधारीले अन्धाधुन्ध गोली चलाउँदा तीनजनाको मृत्यु भएको छ ।

बन्दूकधारी त्यही स्टेसनका असन्तुष्ट कर्मचारी भएको बताइएको छ । बुधवार बिहान फितसानुलोक शहरमा रहेको रेडियो स्टेसनमा घटना भएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार, स्टेसन निर्देशक र दुई वरिष्ठ इन्जिनीयरहरूको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् ।

बन्दूकधारी त्यही स्टेसनमा काम गर्ने मेकानिक भएको बताइएको छ । कार्यालयमा झगडा परेपछि रिसको सुरमा उनले गोली चलाएको अनुमान गरिएको छ ।

प्रहरीले उनलाई पक्राउ गरी उनीसँग रहेको दुईवटा ह्यान्डगन बरामद गरेको छ । एजेन्सी