logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

न्यूजिल्याण्डमा अब छैनन् कोभिड–१९ का बिरामी


अंकुरण खबर
585
Shares

न्यूजिल्याण्डमा कोरोना भाइरसको संक्रमणका कोही पनि बिरामी अस्पतालमा नरहेको त्यहाँको सरकारले जनाएको छ ।

न्यूजिल्याण्डले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिनका लागि सफल काम गरेको छ । न्यूजिल्याण्डको स्वास्थ्य विभागका अनुसार कोभिड–१९ का अन्तिम बिरामीलाई मंगलबार बेलुका डिस्चार्ज गरिएको जनाएको छ ।

न्यूजिल्याण्डका चार लाख २० हजार भन्दा धेरै मानिसले कन्ट्याक ट्रेसिङ्ग एप्लिकेशन डाउनलोड गरेको पनि विभागले जनाएको छ ।

कोरोना भाइरसको कम्युनिटी ट्रान्समिशन रोक्न आफूहरु सफल भएको न्यूजिल्याण्ड सरकारले बताएको छ । तर आउँदो महिना खुला गर्ने तयारी भएको अरु देशसँगको सीमा हुँदै भित्रिन सक्ने संक्रमितलाई लिएर चिन्ता रहेको जनाइएको छ ।