logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारत र चीनको सीमा विवाद मिलाउन अमेरिका तयार छ : ट्रम्प


अंकुरण खबर
884
Shares

अमेरिकी राष्ट्पति डोनाल्ड ट्रम्पले भारत र चीनको सीमा विवादबारे ट्विट गरेका छन्।

पछिल्लो समय लद्दाख लगायतका ठाँउमा चीनियाँ र भारतीय सैनिक बीच झडपका घटना लगातार बढ्दै गएका छन्। नियन्त्रण रेखामा विगत २० दिनदेखि अवरोधका घटना बढ्दै गएपछि भारत र चीनबीच सिमा विवाद चुलिदो छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले एक ट्विट गर्दै अमेरिका मध्यस्थकर्ता बन्न तयार रहेको जानकारी दिएका हुन। ट्रम्पले ट्विटमा लेखेका छन्, ‘हामीले भारत र चीन दुबै पक्षलाई चर्कदो सीमा विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको कुरा सुचित गरिसकेको छौं। अमेरिका इच्छुक छ र सक्षम पनि छ। धन्यवाद’