अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालहरु बन्द गर्ने चेतावनी दिएका छन् ।
ट्वीटरले उनको ट्वीटमा तथ्य–जाँच राखेपछि ट्रम्प आक्रोशित भएका हुन् । ट्रम्पले ट्वीटरमाथि आउँदो नोभेम्बरमा हुने चुनावमा दखल दिन खोजेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालहरुले कन्जरभेटिभ आवाजहरुलाई पूर्ण रुपमा बन्द गरेको उनको भनाइ छ । उनले बिस्तारित स्तरमा हुलाक मार्फत मतदान गर्ने व्यवस्था पनि हुन नदिने अडान राखेका छन् ।
ट्रम्पले लगातार ट्वीटरलाई आफ्ना विवादास्पद निर्णय सार्वजनिक गर्ने तथा विभिन्न आरोप लगाउने माध्यमका रुपमा प्रयोग गर्दै आएका छन् । एजेन्सी