logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रेमीसँग भागेर विवाह गरेको भन्दै बुबाले गरे छोरीको हत्या


अंकुरण खबर
845
Shares

उत्तरी इरानमा एक पुरुषलाई आफ्नै १४ बर्षीया छोरीको हत्या गरेको आरोपमा त्यहाँको प्रहरीले पक्राउ गरेका छ। १४ बर्षीया किशोरी रोमिना अशरफीले प्रेमीसँग भागेर विवाह गरेपछि उनको हत्या भएको हो।

आफ्नै बुबाद्वारा हत्या भएपछि इरानको सामाजिक सञ्जालमा मानिसहरुले आक्रोश पोखिरहेका छन्। हत्यारा परिवारले भने यस घटनालाई ‘अनर किलिङ’को रुपमा वर्णन गरेको छ। स्थानीय मिडियाका अनुसार रोमिनाले ३५ बर्षे प्रेमीसँग गिलान प्रान्तमा भागेर विवह गरेकी थिइन।

उनको विवाहलाई बुबाले भने स्वीकार गरेका थिएनन्। त्यसपछि ती किशोरीलाई प्रहरीले पक्राउ गरि घर पठाएको थियो। रोमिनाले प्रहरीसँग घर जाँदा आफ्नो ज्यान जोखिममा रहेको बताएकी थिइन्। प्रहरीद्वारा नियन्त्रणमा लिई घर पुगेकी ती किशोरीलाई उनका बुबाले बिहीबार राती सुत्ने कोठामा पसेर आक्रमण गरेका हुन।

समाचार वेबसाइट गिखबर डटकमका अनुसार रोमिनाको घाँटी काँधबाट काटिएको थियो र त्यसपछि उनका बुबा घरबाट निस्किए। उनको हातमा हँसिया थियो र उनले प्रहरीसमक्ष अपराध स्वीकारेका छन्। उक्त घटनापछि इरानमा एक किसिमको शोक छाएको छ। घटनापछि धेरै राष्ट्रिय अखबारहरूले आफ्नो पहिलो पृष्ठमा रोमिनाको कथा लेखेका छन्।

सुधार-समर्थक-एबतेकर नामक अखबारले ‘असुरक्षित पैतृक घर’ शीर्षकमा समाचार लेखेको छ। जसमा महिला र किशोरीहरुको संरक्षण गर्न वर्तमान कानुनी व्यवस्थाप्रति खेद प्रकट गरिएको छ। किशोरीको हत्यापछि सामाजिक सञ्जाल ट्विटरमा उनको नाममा ५० हजार भन्दा बढि ह्यासट्याग गर्दै ट्विट गरिएका छन्। जसमा मानिसहरुले इरानको पैतृसत्ता विरुद्ध आक्रोश पोखिरहेका छन्।

इरानमा अनर किलिङको नाममा धेरै महिलाहरुले ज्यान गुमाउने गरेका छन्। अभिकारकर्मीहरुले स्थानीय तथा विश्व समुदाय यसलाई रोक्न पर्याप्त मात्रामा नलागेसम्म यस्ता हत्याहरू आगामी दिनमा पनि जारी रहने बताएका छन्।

इरानको स्लामिक कानुन परिवारको प्रतिष्ठाका खातिर पारिवारिक सदस्यहरूले गर्ने हत्या र हिंसाका लागि नरम छ। परिवारको सामाजिक प्रतिष्ठामा आँच आउने, नाम गिराएको काम गर्ने आफ्ना पारिवारिक सदस्यको हत्या गर्ने कृत्यलाई ‘अनर किलिङ’ भनेर वर्णन गर्ने गरिन्छ।

परिवारको सहमतिमा विवाह गर्न नमानेमा, यौन दुर्व्यवहार वा बलात्कृत भएमा, वैवाहिक सम्बन्ध बाहिर यौनसम्बन्ध राखेमा अथावा आरोपमात्र लागेमा पनि महिलाहरुको ‘अनर किलिङ’ का नाममा हत्या हुने गरेको छ।

बीबीसी