उत्तर कोरियामा देश छाड्न खोज्ने एक श्रीमान् र श्रीमतीलाई गोली हानि मारिएको छ।
करिब ५० बर्षको उमेरको उक्त जोडीलाई हेनसान रेयानगंग प्रान्तमा घर बाहिर भाग्ने क्रममा गोली हानिएको हो। उक्त दम्पतीले १४ बर्षीय किशोर भतिजालाई दक्षिण कोरियामा उनका बाबुआमा कहाँ ल्याउन चाहेका थिए।
नियमको उल्लंघन गर्दै दक्षिण कोरिया आउँन खोजेपछि उनीहरुलाई गोली हानिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। भाग्दै गर्दा सीमाबाट उक्त जोडीलाई पक्राउ गरि गोली हानिएको हो। उक्त किशोर पत्नीको कान्छो भाइको छोरो थियो, जसका बाबुआमा पहिले नै दक्षिणमा भागेर शरण लिएका थिए।
कम उमेरका कारण उनी मृत्युदण्डबाट बचेपनि उनका काका र काकीलाई योजना बनाएर यातना पछि गोली हानिएको हो। उत्तरमा कोरोना संक्रमणका घटना देखिएका छैनन। कोरोना विरुद्ध कडा नियमहरु जारी गरिएको छ।
एक जनाले सञ्चार माध्यमलाई बताए अनुसार यस महिनाको सुरूमा उत्तरको प्रान्तीय सुरक्षा विभागले देशबाट भाग्न खोज्ने परिवारलाई गोली हान्न आदेश गरेको छ।