logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाका संक्रमित थपिएपछि कोरियामा विद्यालय फेरि बन्द


अंकुरण खबर
858
Shares

कोरोना भाइरसका संक्रमित देखिएपछि दक्षिण कोरियामा फेरि विद्यालयहरु बन्द भएका छन् ।

बीबीसीले लेखे अनुसार कोरोनाका संक्रमित बढेसंगै विद्यालयहरु वाध्य भएर बन्द भएका हुन् । बिहीबार दुई महिनाको अवधिमा पहिलो पटक सबैभन्दा बढी ७९ जना कोरोनाका नयाँ संक्रमित देखिएका थिए ।

शुक्रबार पनि ५८ जना नयाँ संक्रमित देखिइसकेका छन् । कोरियामा सुरुआतमा तीव्र गतिमा संक्रमित देखिए पनि उसले अपनाएको नियन्त्रणको बलियो संयन्त्रका कारण अहिलेसम्म ११ हजार ४०२ जनामा मात्र संक्रमण देखिएको छ । २६९ जनाको मृत्यु भएको छ ।

पछिल्लो पटक संक्रमित बढेपछि दुई सय भन्दा बढी विद्यालयहरुलाई बन्द गरेर अनलाइनमार्फत कक्षा लिन स्वीकृति दिइएको छ ।

सबैभन्दा बढी प्रभावित विद्यालयहरु राजधानी सियोलभन्दा बाहिरका विद्यालयहरु हुन् ।