logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गोहीको मुखमा थियो आमाको हात, बचाउनको लागि छोराले लगाए ज्यानको बाजी


अंकुरण खबर
1.391K
Shares

नदीमा पानी पिउन गएकी महिलालाई गोहीले अचानक हमला गर्यो । गोहीले महिलाको हात टोक्यो र चपाउन थाल्यो ।

त्यसपछि पीडाले छट्पटाएकी महिलाले कराएर आफ्नो छोरालाई बोलाइन् । त्यसपछि छोरा आएर लौरोहरुले प्रहार गरेर गोहीलाई त्यहाँबाट भगाए । तर त्यो बेला सम्म आमाको एउटा हात गोहीले कुहिनासम्म चपाईसकेको थियो ।

त्यसपछि युवकले गाउँलेलाई बोलाएर अस्पतालसम्म आमालाई पुर्याए ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतको शिवपुरी स्थित अमोला इलाकामा बुधवार खेतमा काम गरिरहेकी महिला स्वरुपी आदिवासी सिन्ध नदीमा पानी पिउन गएकी थिइन् । त्यहि बेला उक्त घटना भएको थियो ।

उनका छोरा कल्याण आदीवासीले यो जानकारी सञ्चारमाध्यममा दिएको भारतीय मिडियाहरुले बताएका छन् । एजेन्सी