logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारत : बाँदरले लिएर भाग्यो कोरोना टेस्ट स्याम्पल


अंकुरण खबर
1.482K
Shares

अस्पतालमा कोरोना जाँचका लागि तीन संक्रमितबाट निकालिएको स्वाब खोसेर बाँदर भागेको समाचार भारतीय पत्रिका द वायरले उल्लेख गरेको छ।

यो घटना भारत उत्तर प्रदेशको मेरठ मेडिकल कलेजको हो। स्वास्थ्यकर्मीबाट नमुना खोसेपछि बाँदरले रुखमा चढेर उक्त नमुना चपाएको थियो ।

स्थानीय व्यक्तिहरु भने यो स्याम्पलबाट बाँदर संक्रमित भयो भने त्यसले उक्त क्षेत्रमा संक्रमण फैलाउन सक्छ भनी चिन्तित भएका छन्।

बाँदरले नमूना राखिएको भाँडो खोसेर लगेको दृष्यको भिडियो बनाउने अस्पतालका कर्मचारीलाई अस्पताल प्रशासनले स्पष्टिकरण माग गरेको छ।

यद्यपि, मेडिकल कलेजका प्रिन्सिपलले भने बाँदरले लगेको स्याम्पल कोरोना जाँचका लागि नभई अन्य सामान्य जाँचका लागि भएको दाबी गरेका छन्। एजेन्सी