logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

चीनमा बन्यो कोरोनाको औषधि !


अंकुरण खबर
819
Shares

चीनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको भ्याक्सिन आफूले तयार गरेको दाबी गरेको छ ।

चीनको एसेट्स सुपरविजन एण्ड एडनिनिस्ट्रेशन कमिशनले चीनमा कारोना भाइरसविरुद्धको भ्याक्सिन बनेको बताएको हो । सामाजिक सञ्जाल वी–च्याटमार्फत उक्त कमिशनले भ्याक्सिन सन् २०२० को अन्त्यसम्म बजारमा वितरण गरिने जनाएको छ ।

कमिशनका अनुसार उहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले भ्याक्सिन तयार पारेको हो । भ्याक्सिन करिब दुई हजार मानिसमा प्रयोग गरिएको र त्यसले सकारात्मक नतिजा दिएको बीबीसीले जनाएको छ ।

हाल विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सुरुआत चीनको ऊहान सहरबाटै भएको थियो । एजेन्सी