logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टेलिभिजनको सवारीमा विष्फोट : पत्रकारसहित दुईको मृत्यु, ६ घाइते


अंकुरण खबर
962
Shares

अफगानिस्तानको एउटा निजी टेलिभिजन च्यानल खुर्शिद टिभीको सवारी साधनलाई लक्षित गरी शनिबार गराइएको बिस्फोटमा एक जना पत्रकार र गाडी चालकको मृत्यु भएको छ ।

खुर्शिद टिभीका प्रधान सम्पादक रफी सेद्दीकीले उक्त घटनामा टिभीका अरु ६ जना कर्मचारी घाइते भएका जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । अफगानिस्तानका पूर्वप्रमुख कार्यकारी अधिकृत अब्दुल्लाह अब्दुल्लाहले ट्वीट गर्दै खुर्शिद टिभीको सवारी साधनमाथि भएको आक्रमणबाट आफू अत्यन्त दुःखित भएको बताएका छन् । आतंकवादी यस कार्यको विस्तृत अनुसन्धान गर्न उनले सरकारी अनुसन्धान निकायहरुलाई अनुरोध गरेका छन् ।

अफगानिस्तानका राष्ट्रपति कार्यालयका प्रवक्ता सेदिक सेद्दीकीले पनि उक्त घटनाको निन्दा एवं भत्र्सना गरेको छ । उनले खुर्शिद टिभीमाथि भएको यस किसिमको आततायी र कायरतापूर्ण कार्यको अफगान सरकारले घोर भत्र्सना गर्दछ भनेका छन् ।

प्रवक्ता सेद्दीकीले अफगान सरकार संचार माध्यमको पक्षमा लगातार उभिइरहने बताए । अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानले भने उक्त घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ ।