logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनमा कोरोना संक्रमितको संख्या तीन साताकै उच्च


अंकुरण खबर
637
Shares

चीनमा कोरोना भाइरस संक्रमितको संख्या तीन सातामै एकैदिन सोमबार उच्च देखिएको छ ।

चीनको नेसनल हेल्थ कमिसनका अनुसार सोमबार १६ जनामा नोभेल कोरोना भाइरसको संक्रमण देखिएको हो । इजिप्टबाट फर्किएकामध्ये अधिकांश मानिसमा कोरोना पुष्टि भएको बताइएको छ ।

चिनियाँ सरकारी टेलिभिजनले इजिप्टबाट सिचुआन फर्किएका ११ जनामा लक्षणसहितको कोरोना पोजेटिभ देखिएको छ । त्यसैगरी अन्य पाँच स्थानीयमा संक्रमण भएको पाइएको छ । त्यसैगरी अन्य ६ जनामा लक्षण नदेखिए पनि कोरोना संक्रमण भएको पाइएको छ ।

चीनमा हालसम्म कोरोना संक्रमितको संख्या ८३ हजार १७ पुगेको छ भने चार हजार ६३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमणबाट हालसम्म सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ भने भारत संक्रमितको संख्‍यामा शीर्ष ७ मा छ । अलजजिरा