logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाका कारण विश्वमा मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार नाघ्यो, २९ लाख बढी उपचार पछि निको


अंकुरण खबर
585
Shares

विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार नाघेको छ । ६३ लाख ६१ हजार संक्रमित मध्ये लाख २९ लाख बढी उपचार पछि निको भएका छन् । सक्रमित मध्ये ५३ हजार ३ सय बढीको अवस्था गंभीर छ ।

पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ६ हजार ९ सय नाघेको छ ।

संक्रमितको संख्या १८ लाख ५८ हजार बढी छ । बेलायतमा २ लाख ७६ हजार संक्रमित मध्ये ३९ हजार बढीको मृत्यु भएको छ ।

इटालीमा २ लाख ३३ हजार संक्रमित र ३३ हजार ४ बढीको मृत्यु भएको छ । फ्रान्समा १ लाख ८९ हजार बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार ८ सय नाघेको छ ।

यस्तै स्पेनमा २ लाख ८६ हजार बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय बढीको मृत्यु भएको छ । ब्राजिलमा ५ लाख २९ हजार बढी संक्रमित हुंदा करिब ३० हजार बढीको मृत्यु भएको छ ।

जर्मनीमा १ लाख ८३ हजार बढी संक्रमित र ८ हजार ६ सय बढी मृत्यु भएको छ । चीनमा ८३ हजार कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३४ छ ।

रसियामा ४ लाख १४ हजार बढी संक्रमितमा मृत्यु हुनेको संख्या ४ हजार ८ सय नाघेको छ । यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९८ हजार नाघ्दा ५ हजार ६ सय बढीको मृत्यु भएको छ ।

पाकिस्तानमा हालसम्म ७२ हजार ४ सय बढी संक्रमितमा करिब १ हजार ५ सयको मृत्यु भएको छ । एजेन्सी