logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२४ घन्टामा भारतमा थपिए ८ हजार ९ सय ९ संक्रमित


अंकुरण खबर
1.43K
Shares

भारतमा एकै दिन ८ हजार ९ सय ९ जना कोरोना संक्रमित थपिएका छन्।

२४ घन्टामा संक्रमित थपिएको यो सबैभन्दा ठूलो संख्या हो। कोरोनाका कारण विश्वका सबैभन्दा खराब मुलुकहरुको सूचीमा सातौ स्थानमा भारत छ ।

भारतमा कोरोना संक्रमितको संख्या २ लाख ७ हजार ६ सय १५ पुगेको छ। भारतमा एकै दिन ८ हजारभन्दा बढी संक्रमित भेटिएको यो चौथो पटक हो। भारतमा १ लाख ३ हजार २ जना मानिस कोरोनाबाट ठीक भइसकेका छन्। यो कूल संक्रमितको ४८.३१ प्रतिशत हो।

भारतको महाराष्ट्रमा २ हजार ४ सय ६५ जना नयाँ संक्रमित भेटिएपछि त्यहाँ संक्रमितको संख्या ७२ हजार ३ सय पार भएको छ।

तामिल नाडूमा संक्रमितको संख्या २४ हजार ५ सय ८६ पुगेको छ। दिल्लीमा पनि संक्रमितको रफ्तार बढिरहेको छ। दिल्लीमा २२ हजार १ सय ३२ जना संक्रमित छन्। गुजरातमा १७ हजार ६ सय १७ जना मानिसमा संक्रमण पुष्टि भएको छ।